News Portal

  • सिटिजन्स बैंकमा अमेरिकी डलरको बिक्री सुरु

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    ११०६ पटक
    ९ पुष, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको सुविधाको लागि विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।
    विभिन्न प्रयोजनका लागी विदेश जानुपर्ने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा बुझाई आपूmलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।
    बैंकको अनुसार यस्तो सटही सुविधा हाल काठमाडौं उपत्यकाको दरबारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भंैसेपाटीलगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्