News Portal

  • लुम्बिनी विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता९ पुष, २०७८
    ९७१ पटक
    ९ पुष, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०७८ पौष ९ गते आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.व.२०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनी महानुभावहरुलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
    बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४आंै वार्षिक साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी महानुभावहरुलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७/७८ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिहं बोहराले स्पष्ट पार्नु भएको थियो ।
    लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्