News Portal

  • गुराँस लाइफ इन्स्योरेन्सले दियो कोरोना मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    १०९३ पटक
    ८ पुष, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ ।
    इन्स्योरेन्सले इलाम नगरपालिका–९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका–५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कोरोना संक्रमणको कारण उनीहरुको मृत्यु भएको थियो ।
    इन्स्योरेन्स कम्पनीले ढकालको परिवारलाई ६ लाख ३० हजार ५ सय र तामाङको परिवारलाई ५ लाख ८२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हालसम्म इलाम शाखाले एक करोड २० लाख रुपैंयाँ भन्दा बढीको मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्