काठमाडौं । कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते फुटसल कप आयोजना गर्ने भएको छ । ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने उद्देश्यको साथ बैंकले फुटसल कप आयोजना गर्न लागेको जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेल तालिकाको बारेमा समेत जानकारी गराइएको थियो ।
उक्त फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुसमेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ ।
बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।
युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजले पौष ९ गते उक्त खेलको समुद्घाटन गर्नेछन् भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलको समापन गर्नेछन् ।
पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने बैंकले जनाएको छ ।
कामना सेवा फुटसल कप पुस ९ र १० गते हुँदै
आर्थीकसंसार संवाददाता८ पुष, २०७८
८ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता