News Portal

  • लक्ष्मी बैंकको लाभांश पारित

    आर्थीकसंसार संवाददाता८ पुष, २०७८
    ७८४ पटक
    ८ पुष, २०७८

    काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभाले ११.५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड पुगेको छ ।
    साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर पनि छलफल गरी स्वीकृत गरेको छ ।
    २०७७/७८ मा ११७ अर्ब निक्षेप र १०८ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्