News Portal

  • मुक्तिनाथले १० लाखको बीमा सुविधा सहित ल्यायो उत्कृष्ट बचत खाता

    आर्थीकसंसार संवाददाता७ पुष, २०७८
    ८५५ पटक
    ७ पुष, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने छ भने १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिइने बैंकले जनाएको छ ।
    ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं दशमलव ५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निःशुल्क डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाईल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
    यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्