आर्थीकसंसार संवाददाता७ पुष, २०७८
७ पुष, २०७८काठमाडौं । सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौं कारोबार रकमको ५ प्रतिशत –अधिकतम १०००, १०औं कारोबार रकमको १० प्रतिशत –अधिकतम १५०० र १५ औं कारोबार रकमको १५ प्रतिशत –अधिकतम २५०० नगद क्यासब्याक पाउन सक्नेछन् ।
यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।