News Portal

  • अर्थतन्त्रमा ठूलो जोखिम देखियोः राष्ट्र बैंक

    आर्थीकसंसार संवाददाता७ पुष, २०७८
    ९८२ पटक
    ७ पुष, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा जोखिम देखिएको बताएको छ । बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय प्रणाली तथा अर्थतन्त्रमा जोखिम देखिएको बताएका हुन् ।
    उनले शोधान्तर घाटा र व्यापार घाटा पनि बढ्दै गएकोले अर्थतन्त्रमा चुनौति थपिएको बताएका हुन् ।
    साथै, उनले अहिले अर्थतन्त्रमा केही चुनौति र अवसरहरु पनि रहेको बताए । उनले अर्थतन्त्रमा चुनौतिसँगै केही सूचकहरुले अवसर पनि प्रदान गरेको स्पष्ट पारेका हुन् ।

    प्रतिकृया दिनुहोस्