News Portal

  • लुम्बिनी विकास बैंक नेपाल पेमेन्ट सोलुसन्समा आवद्ध

    आर्थीकसंसार संवाददाता६ पुष, २०७८
    ८६० पटक
    ६ पुष, २०७८

    काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
    नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट सिएक्सओ प्रताप श्रेष्ठ, विजनेश डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकको तर्फबाट डेपुटी सीईओ उमेश रेग्मी, आईटी र कार्ड प्रमुख विशाल जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
    यससँगैं अब लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
    नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन् ।
    नेपाल पेमेन्ट सोलुसन भुक्तानी प्रणाली एग्रीगेटर हो, जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।

    प्रतिकृया दिनुहोस्