काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका–१ हरमटारस्थित २५७औं शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको छ ।
उक्त अवसरमा माननीय माधवप्रसाद रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुंच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउनुभयो ।
बैंकको प्रदेश न. १ का प्रादेशिक प्रबन्धक दीपकराज न्यौपानेको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, रावावेशी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौला, दुधकोशी जलाशय युक्त जलविद्युतका प्रमुख बसन्त श्रेष्ठ, रावावेशी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, शाखा प्रबन्धक राजकुमार घिमिरे, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
खोटाङ्गको रावावेशीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखाको समुद्घाटन
आर्थीकसंसार संवाददाता६ पुष, २०७८
६ पुष, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता