काठमाडौं । युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारणसभाको मुख्य उद्देश्य थियो ।
उक्त साधारणसभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहनु भएका बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो ।
संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि शुरु गरेको छ ।
कार्यक्रमको बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङज्युले भन्नुभयो , “हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिन ुहुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै–धेरै आभारी छ । हामी अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गर्छौं र उनीहरुको लागि एक प्ल्याटफर्म बन्न चाहन्छौँ । हाम्रो संस्थाको उद्देश्य भनेको अरुको बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउनु हो – र हामी यस्तो परिवर्तन गर्न चाहन्छौँ जुन पहिले भन्दा धेरै आवश्यक छ । हाम्रो संस्थाले कोही नभएकाहरूको लागि आवाज दिन्छ ।”
थप बोल्दै वहाँँले भन्नुभयो, “हामी विश्वास गर्छौं कि वेबसाइटको लन्चसँगै हाम्रो संस्था थप विश्वशनीय हुनेछ र यसले सबै दाताहरूलाई वहाँँहरुको सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुनेछ । साथै यसले सहयोगि दाताहरु र सहयोग चाहिनेहरुलाई सजिलै सिधै जोडिन पनि मध्हत गर्नेछ । यसबाहेक, यो वेब साइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा पनि जानकारी लिन सक्नुहुनेछ । यो वेबसाइट मार्फत सहयोगदाताहरुले कुनै विशेष कारणको लागि अथवा संस्थाको प्रशासनिक लागतको लागि भनेर आँफैले छुट्ट्याएर सहयोग गर्न सक्नुहुनेछ र वहाँँहरुले जुन शीर्षकमा सहयोग उपलब्ध गराउनु भएको हा,े त्यही शीर्षकमा मात्र खर्च हुनेछ । यस्तो व्यवस्था नेपालमै पहिलो पल्ट हो । यसमा हामी नेपालद्वारा सञ्चालित सामाजिक सुधारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक स्वयंसेवकहरू पनि जोडिन सक्नुहुनेछ ।”
हामी नेपाल ‘ जनताद्वारा जनताका लागि ’ भन्ने भनाइ लाई व्यवहार मा उतार्ने संस्था हो ।
हामी नेपालको पहिलो साधारण सभा सम्पन्न
समर्थकहरुलाई धन्यवाद दिँदै लन्च भयो हामी नेपालको वेब–साइट
आर्थीकसंसार संवाददाता६ पुष, २०७८
६ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर