काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला–ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको हो ।
प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमशः स्नो रिभर्स प्रा.लि तथा हिल्टन हाइड्रो इनर्जी प्रा.लि.द्वारा निर्माण भइरहेको हो । यो आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह–वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।
१३.५ मेगावाट (सुपर कावेली खोला–ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रहेको छ । जसमध्ये एनएमबि बैंकको लगानी १ अर्ब ८९ करोड र राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)को लगानी १ अर्ब ६७ करोड रुपैयाँ हुने बैंकले जनाएको छ । यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
एनएमबि बैंक दुई आयोजनाको मुख्य लगानीकर्ता बन्यो
आर्थीकसंसार संवाददाता५ पुष, २०७८
५ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता