News Portal

  • कामना सेवा विकास बैंकद्वारा प्रहरीलाई जनचेतना मूलक बोर्ड प्रदान

    आर्थीकसंसार संवाददाता४ पुष, २०७८
    ७९५ पटक
    ४ पुष, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकले प्रहरीलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको छ । बैंकले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाउँलाई जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको हो । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
    साथै, हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिनबहादुर कुँवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका थिए । उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।
    कार्यक्रममा सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालय, लगायत सबैलाई धन्यवादसमेत दिएका छन् ।
    यस्तै उनले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले बैंकले आफ्नो व्यवसायको अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झि समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै गर्व लागेको बताए । यस्ता कार्यमा प्रहरी संधै साथमा रहने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्