News Portal

  • एनसीसी बैंकले बुक क्लोज र साधारण सभाको मिति तोक्यो

    आर्थीकसंसार संवाददाता४ पुष, २०७८
    ८६० पटक
    ४ पुष, २०७८

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्दै छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।
    यससँगै पुस ११ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको आर्थिक वर्ष २०७७/७६ को लाभांश पाउने छन् । बैंकले आफ्नो २४औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बिहान ११ बजे काठमाडौंको बागबजारस्थित रहेको होटल हार्दिकमा गर्दै छ ।
    सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रतिकृया दिनुहोस्