News Portal

  • प्रोग्रेसिभ फाइनान्सको पहिलो पटक लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    ८१० पटक
    २ पुष, २०७८

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले पहिलोपटक लाभांश दिने भएको छ । फाइनान्सको हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
    फाइनान्सले स्थापनाको २५ वर्षपछि बल्ल लाभांश दिने भएको हो । सधैं हकप्रदमार्फत पुँजी मात्रै दिँदै आएका शेयरधनीहरुले पहिलो पटक लाभांश प्राप्त गर्ने भएका हुन् । फाइनान्सले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले पारित गरे पछि बल्ल शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।
    संस्थाको चुक्ता पुँजी ८० करोड एक लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरणपछि फाइनान्सको चुक्ता पुँजी ८५ करोड ६१ लाख पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्