News Portal

  • नेशनल लाईफको नयाँ सावधिक योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    १०४२ पटक
    २ पुष, २०७८

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् ।
    कम्पनीले बीमित वर्गको आयस्रोत, वचत र सुरक्षालाई ध्यानमा राख्दै उक्त बीमालेख सार्वजनिक गरेको हो ।
    यो योजनामा आफ्नो आय स्रोतअनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने छ । साथै, यसमा सहभागी हुने बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुष्ठ बीमाङ्क र बोनस वितरण गरिने कम्पनीले जनाएको छ ।
    बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको आयस्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित बोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भनेसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।
    यस बीमालेखमा ऋण सुविधासमेत रहेकाले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने छ । साथै, नाफामा सहभागी हुने यस बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफलसमेत पाइने कम्पनीले जनाएको छ ।
    त्यस्तै, जोखिम बहन पनि हुने र बचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

    प्रतिकृया दिनुहोस्