News Portal

  • “बजाज खुशीका तीन डोज” को विजेता घोषणा

    आर्थीकसंसार संवाददाता२ पुष, २०७८
    ८२० पटक
    २ पुष, २०७८

    काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रा.लि.ले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ ।
    नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा सुरु गरिएको “खुशीको ३ डोज”को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले रु १० लाख हात पार्न सफल हुनुभएको हो । उहाँले अर्किड्ज मोटर्स प्रा लिबाट मोटरसाइकल खरिद गर्नुभएको थियो ।
    बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको थियो ।
    यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा रु १,००,०००/– सम्मको नगद मूल्य गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १०,००,०००/– को नगद पुरस्कार प्राप्त गर्ने अवसर पनि थियो ।


    विजेता बिट्टु कुमार गुप्ताले भन्नुभयो, “यो पुरस्कार जित्न पाउँदा म अत्यन्तै खुशी छु । यस्तो योजना सन्चालन गरेकोमा म बजाज मोटरसाइकललाई धन्यवाद दिन चाहन्छु ।”
    शेखर गोल्छा, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशकले भन्नुभयो, “खुशीका तीन डोजमा सहभागि सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।”

     

    प्रतिकृया दिनुहोस्