News Portal

  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

    आर्थीकसंसार संवाददाता१ पुष, २०७८
    १०९५ पटक
    १ पुष, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले उनलाई आजदेखि कार्यान्वयन हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति पछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको थियो । अधिकारीले भट्टलाई हटाएर कार्यकारी निर्देशक देव कुमार ढकाललाई नियुक्त गरेका थिए ।
    भट्ट बैंकहरुको सुपरिवेक्षण विभागमा रहेका छन् । उनी २०७६ पुसदेखि २०७७ चैतसम्म प्रवक्ता थिए ।

    प्रतिकृया दिनुहोस्