काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले अब सेवाग्राहीलाई न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले हाल २०÷३० एमबीपीएसको गति भएको इन्टरनेटलाई १५० मा स्तरोन्नती गरेर सेवा दिने भएको हो ।
इन्टरनेटको गति बढाए पनि सेवाग्राहीहरुले शुल्क पनि अतिरिक्त तिर्नु पर्दैन । घरायसी उपभोक्ता अब वार्षिक १४ हजार ४ सय रुपैयाँमा अर्थात मासिक एक हजार दुई सय रुपैयाँमा १५० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।
कम्पनीका अनुसार १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने छ ।
वल्र्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । कम्पनीको अनुसार यसको लागि डुअल ब्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ । यस्तै, कम्पनीले नेपालमै पहिलोपटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्रर्याएको छ ।
यसगरी कम्पनीले विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमाल ६ महिनामै चढेका निर्मल पुर्जालई सद्भावना दुतमा नियुक्त गरेको छ । पुर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित तयार पारिएको वृतचित्र ‘फोर्टिन पिक्ससः नथिङ इज इमपसिबल’ केही साता मात्रै नेटफ्लिक्समा सार्वजनिक भएको छ ।
नोभेम्बर ३० मा सार्वजनिक भएको उक्त वृत्तचित्र सार्वधिक लोकप्रियमा पनि परिसकेको छ ।
वल्र्डलिंकका ग्राहकलाई न्यूनतम १५० एमबीपीएसको इन्टरनेट सुविधा
आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
२९ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान