News Portal

  • नेपाल बैंकको लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ साक्षरता अभियान सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
    ६४३ पटक
    २९ मंसिर, २०७८

    काठमाडौं । नेपाल बैंकले मंगलबार लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा एकै साथ डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    डिजिटल बैकिङका प्रविधिहरुमा विद्यार्थीलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले लुम्बिनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु सञ्चालन गरेको छ ।
    कार्यक्रममा ३ हजारभन्दा बढी विद्यार्थीलई वित्तीय साक्षरतासम्बन्धी ज्ञानमुलक जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्ग विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।
    कार्यक्रममा विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्बन्धित शाखा प्रबन्धक र अन्य पदाधिकारीहरुले प्रष्ट पारेका थिए ।
    रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिति रहेको थियो ।
    बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर विभिन्न अफरसहितका आधुनिक सेवा सुविधा ल्याइरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताएका थिए ।
    बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम, र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ सेवा पुर्याइरहेको छ ।

    प्रतिकृया दिनुहोस्