News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ९४९ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले धुम्रबराह माध्यमिक विद्यालयको प्रागंणमा सञ्चालन गरेको उक्त शिविरमा प्रमुखतः कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परीक्षण गरिएको बैंकले जनाएको छ ।
    शिविरमा करिव १०० जना लाभन्वित भएको बैंकले उल्लेख गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागिे केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरीएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए ।
    बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्