News Portal

  • सिटिजन लाइफ फर्साटिकर शाखाका बिनोद बने एमडीआरटी

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८१
    ११ पटक
    २४ पुष, २०८१

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखामा कार्यरत एजेन्सी म्यानेजर बिनोद धोवी २०२५ का लागी एमडीआरटी बन्न सफल भएका छन् । १ जनवरी २०२४ देखी ३१ डिसेम्बर २०२४ सम्म करिव ४७ लाख प्रथम बीमाशुल्क संकलन गरी धोवी एमडीआरटी बनेका हुन् ।

    मायादेवी गा.पा २, महादेवा, निवासी धोवी बिगत ३ वर्ष अगाडी सिटिजन लाइफ इन्स्योरेन्स फर्साटिकर शाखामा अभिकर्ताको रुपमा जोडिएका थिए । कम्पनीमा जोडिएको पहिलो वर्ष बीमाको बारेमा खासै केही जानकारी नभएका धोवीले दोश्रो वर्ष भने कम्पनी र बीमाको बारे राम्रोसँग अध्ययन गरेर वार्षिक लक्ष्य समेत हासिल गरी गत वर्ष डायमण्ड क्लब बिजेता बनेका थिए ।

    डायमण्ड क्लम बिजेता भई काठमाडौंमा सम्मानित हुन पाचतारे होटल हायात रेजिडेन्सीमा जादा उनले बुझेको बीमा कम्पनी र बीमाले दिने सम्मान निकै फरक रहेको उनको भनाई छ । बिभिन्न पेसा व्यावसायमा आवद्ध धोवीले बीमाबाट पाएको सम्मानले उनलाई धेरै हौसला मिलेको बताए । सोही सम्मानित हुने क्रममै उनले यस वर्ष एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) बन्छु भन्ने लक्ष्य लिएका थिए । सोही अनुरुप उनी सफल पनि भए ।

    सानै देखि स्वदेशमै केही गर्छु भन्ने सोच राखेका धोविले व्यावस्थापन संकायमा स्नातक अध्यापन गर्दा एल.ए एण्ड एसोसियट चार्टर अकाउन्टेन्ट मार्फत ४ वर्ष अग्नी सिमेन्ट प्रा.लिमा ट्याक्स अडिटको रुपमा काम गर्ने मौका पाए । त्यस लगतै ३.५ वर्ष बुस्टर फिड्स इन्ड्रस्टिज प्रा.लि.मा अडिट हेड भई काम गरेका उनले हाल भने टाइकन ट्रेड एण्ड सप्लायर्स र धवल एग्रो फार्म एण्ड दाना सप्लायर्स को व्यावसाय गरेका छन ।

    २० वर्षको उमेरदेखी नै काम गर्दै आएका धोवीले अहिलेपनी एल.ए एण्ड एसोसियट चार्टर अकाउन्टेन्टस मा अडिटको काम गर्दै आएका छन ।
    व्यावसायसँगै बीमामा लागेका उनले भन्छन “म बीमामा लागेर समाज र देशको लागी केही गर्छु भन्ने सपना पुरा भएको छ । बीमाबाट सबैजनालाई बचत को दायरामा ल्याउनुका साथै समृद्ध र सुखी भविष्यको काम गरेको छु भने बीमाबाट भएको आम्दानीबाट नेपाल सरकारलाई कर बुझाएको छु” ।

    सन् १९२७ मा स्थापना भएको एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) अमेरिकामा रहेका मुख्य कार्यालयमा हालसम्म ७२ देशका ५ सय कम्पनी आबद्ध रहेको एमडीआरटी संस्थालाई विश्वभरका व्यवसायीक अभिकर्ताहरुले प्रतिनिधिमूलक संस्थाको रुपमा लिने गरेका छन् ।

    अन्तराष्ट्रिय संस्था एमडीआरटीमा हरेक वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिमसम्म तोकिएको बीमाशुल्क अर्थात पचास करोड बढी बीमांक रकम संकलन गर्न सफल अभिकर्ताहरुले सहभागिता जनाउन सकिन्छ ।

    प्रतिकृया दिनुहोस्