News Portal

  • आइएमई लाइफद्वारा प्रशान्ति बृद्धाश्रमका बुवा-आमालाई न्यानो कपडा वितरण

    आर्थीकसंसार संवाददाता२४ पुष, २०८१
    १८९ पटक
    २४ पुष, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरेन्द्रनगर सुर्खेत शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश, सुर्खेत जिल्ला विरेन्द्रनगर न.पा. वडा नं.३ मा रहेको प्रशान्ति बृद्धाश्रमका बुवा आमाका लागि न्यानो कपडाहरू वितरण गरेको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख जीवन कुमार धामी, सुर्खेत शाखा प्रमुख मिलन कँडेल, प्रदेश कोअर्डिनेटर रमा आचार्य, एजेन्सी म्यानेजरहरु राज कुमारी पाण्डे,विमला पाण्डे,लक्ष्मी जैसी र अनुप बुढाले सो बृद्धाश्रममा रहेका ३१ जना बृद्ध आमा बुवाहरूलाई न्यानो कपडा ( ट्र्याक सुट) वितरण गरेका हुन् ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत आमाबुबाहरूको लागि ३१ थान जाडोको ट्याक सेट उपलब्ध गराई सेवा दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्