News Portal

  • नेपाल रिले डाक्यो साधारणसभा

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ८८५ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीले आगामी पुस २२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की व्याङ्केटमा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।
    सभाले सेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफबाट चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
    उक्त लाभांश प्रस्ताव पारितसँगै इन्स्योरेन्सको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्ने छन् । त्यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव गर्दै छ ।
    सभामा जाने प्रयोजनको लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १३ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्