News Portal

  • प्रभु लाईफ इन्स्योरेन्सद्वारा पाँचौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    ९४९ पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम सञ्चालन गरेको छ । उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय सञ्चालन गरिरहेको समता शैक्षिक गुठीलार्ई रु. ५ लाख रकम सहयोग गरेको छ ।
    कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक–शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।
    गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड–१९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट वितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु बितरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्