News Portal

  • प्रभु बैंक र जेएससी एमएफआई इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२८ मंसिर, २०७८
    १०७० पटक
    २८ मंसिर, २०७८

    काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र JSC MFI INTELEXPRESS बीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । Armenia, Georgia, Greece, Cyprus, UK, Italy, Moldova, Switzerland, Turkey, Ukraine, Uzbekistan मा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससी एमएफआई इन्टेल एक्स्प्रेसमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढी एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नुहुनेछ साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
    यस सम्झौताले बिशेष गरी विदेशमा रहनुभएका नेपालीहरुले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ्ग सेवा प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
    हाल बैंकले देशभर २१५ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा एटीएमबाट १५,००,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्