News Portal

  • खप्तड लघुवित्तले एक लाख ३२ हजार कित्ता आइपिओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
    ९८४ पटक
    २७ मंसिर, २०७८

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको छ । सो कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
    सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ । सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितिमा अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र संचालक रणदेव कृष्ण श्रेष्ठको समुपस्थित रहेको थियो ।
    कम्पनीको अधिकृत पुँजी रु. १० करोड, जारी पुँजी रु. ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पुँजी रु. २ करोड ६८ लाख रहेको र सर्वसाधारणका जारी हुने शेयर रु. १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी रु. ४ करोड रहनेछ ।

    प्रतिकृया दिनुहोस्