आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
२७ मंसिर, २०७८काठमाडौं । सानिमा बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बैंक अध्यक्ष पौडेलले ग्राहक र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै थप गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए ।
हालसम्म बैंकले ११८ शाखा र ९७ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ ।