News Portal

  • सांग्रिला बैंकको १०५औं शाखा बर्दियाको सानोश्रीमा

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७८
    ८२५ पटक
    २७ मंसिर, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको सानोश्रीमा सोमबार शाखा सञ्चालनमा ल्याएको छ ।
    बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै मधुवन नगरपालिका–६, सानोश्री बर्दियामा सानोश्री शाखा सञ्चालनमा ल्याएको हो ।
    सानोश्री शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्