काठमाडौं । मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मङ्सिर महिनाभरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो । अहिलेसम्म कार्यक्रममा लगभग १००० प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले बताएको छ ।
यस उद्योगमा भइरहेको नयाँँ प्रगतिहरुको बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सक्रिय प्लम्बरहरुलाई एकअर्कासँग भेटघाट गराउने, सूचना आदानप्रदान गर्ने र प्लम्बरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ ।
कार्यक्रममा मंगलम इन्डस्ट्रिजको बारेमा बिस्तृत जानकारी प्रस्तुत गरिनुको साथै नयाँँ योजना तथा अफरहरुको बारेमा पनि जानकारी गराइएको थियो । उक्त कार्यक्रममा हाजिरीजवाफ, नृत्य, लक्की ड्र, उपहार वितरणलगायत अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश गरिएको थियो । यसको साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो । रेन प्रो बर्खायामको पानी संकलन र निष्काशनको लागि प्रयोग हुने पाइप हो ।
आउँदोे महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
पाइप्स र फिटिङ्स निर्माण सामग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन् २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो सीपीभीसी पाइप र फिटिंग्स उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरुमध्ये एक पनि हो ।
मंगलम् इन्डस्ट्रिजको प्लम्बर्स मिट सम्पन्न
आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
२६ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन