News Portal

  • लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल कारोबार सम्झौता

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७८
    ११३० पटक
    २६ मंसिर, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रा.लि.सँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।
    सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।
    यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्