आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७८
२५ मंसिर, २०७८काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल जलमहल, घारीपाटन, पोखरा कास्कीमा सम्पन्न भएको बैंकले जनाएको छ ।
सभाले १७ दशमलव ५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले बैंकको चुक्ता पुँजी ८ अर्ब पु््र्याउने, सोहीअनुसार प्रबन्धपत्रको सम्बन्धित दफा सम्शोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको जनाएको छ ।