News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सको पुस ९ गतेदेखि बुक क्लोज

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    १७४५ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।
    इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ । उक्त सभा सो दिन बिहान विराटनगरको होटल हैरिसन प्यालेसमा बस्दै छ ।
    सभाले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त लाभांश खान इच्छुकले आगामी पुस ८ गतेभित्र इन्स्योरेन्सको सेयर खरिद तथा होल्ड गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्