News Portal

  • सानिमा लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    २१८३ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो ।
    उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । सो कार्यक्रममा ७५ जनाभन्दा बढीको उपस्थिति थियो ।
    कार्यक्रममा कम्पनीका अध्यक्ष कुमार कोइराला, संचालक डा. सुबर्णदास श्रेष्ठ, सञ्चालक बद्री विशाल घिमिरे, प्रमुख कार्यकारी अधिकृत अगम मुखियालगायत कम्पनीको व्यवस्थापन समूह कर्मचारी तथा अभिकर्ताको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्