News Portal

  • मेरो लघुवित्तको साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    १४३० पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितसमेत पारित गरेको छ ।
    सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुमा प्राइम कमर्सियल बैंकको तर्फबाट संजिव मानन्धर, सिटिजन्स बैंकको तर्फबाट सुमित बाबु खत्रि, ग्लोबल आइएमई बैंकको तर्फबाट कल्याण विक्रम पाण्डे र कुमारी बैंकको तर्फबाट सजना मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।
    कम्पनीको आज बसेको ११९औं बैठकले संजिव मानन्धरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

    प्रतिकृया दिनुहोस्