News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजकमा

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    ११५५ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ ।
    प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटी ललितपुरमा हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोलीसँगै स्थानीय क्लबका पनि हुने छन् ।
    अन्तमा टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनीय रहेको कुरा एपीएम टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार व्यक्त गरे । नेपालको खेलकुद विकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयाँ आयाम सृजना गरेको छ ।

    प्रतिकृया दिनुहोस्