News Portal

  • एनसीसी बैंकको २५औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    १२३१ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । एनसीसी बैंक लिमिटेडको २५औं बार्षिकोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।
    उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडौं बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गरे ।
    साथै बैंकले २५औं वार्षिकोत्सवको अवसरमा ‘एनसीसी सिल्भर सेभिङ्ग खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्घती खाता’, ‘एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्घती खाता’ जस्ता आकर्षक निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ ।
    देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्