काठमाडौं । प्रभु बैंकले आगामी पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा २०औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु मर्ज तथा एक्विजिसन गर्ने गरिनेसम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई सभाले अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।
सभामा जाने प्रयोजनको लागि बैंकले आगामी पुस ४ गते एकदिन बुक क्लोज गर्दै छ । यससँगै पुस ३ गतेसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्नेले प्रस्तावित लाभांश पाउने छन् ।
प्रभु बैंकले लाभांश पारित गर्न डाक्यो वार्षिक साधारणसभा
आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
२४ मंसिर, २०७८- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण