News Portal

  • पारामाउन्ट मोटर्सले नेपाली बजारमा हेक्टर एसयुभि सार्वजनिक

    सुरुवाती मुल्य रु.५९.९९ लाख

    आर्थीकसंसार संवाददाता२३ मंसिर २०७८
    १०२९ पटक
    २३ मंसिर २०७८

    काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहुप्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ ।
    उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरिएको थियो । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य रु.५९.९९ लाख र हेक्टर सिभिटिको मूल्य रु.६४.९९ लाख रहेको छ ।
    सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ । एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ ।
    एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो––स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ ।
    एम.जी. हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यसको नयाँ गेम–चेन्जर मोडलले एसयुभि लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट् एसयुभि हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्नेछ ।
    कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र पारामाउन्ट मोटर्स प्रा.लि. बीच सहकार्य पनि भएको थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्सा अन्तर्गत पारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले यो सहयोग रकमलाई घरेलु हिंसा, कार्य–स्थलमा हुने हिंसा÷ सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाह विरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गर्नेछ ।
    सोही दिन आयोजित सम्झौता ज्ञापन–पत्र (MoU) हस्ताक्षर समारोहमा पारामाउन्ट मोटर्सले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई नगद रु.१० लाखको चेक हस्तान्तरण गर्यो ।

    प्रतिकृया दिनुहोस्