News Portal

  • अनलाइनबाटै एसएमई लोन लिन सकिने ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७८
    १०८८ पटक
    २३ मंसिर, २०७८

    काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकत अनिल शाहले आज आयोजित एक कार्यक्रमबीच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका हुन् ।
    यो पोर्टलमार्फत बैंकका ग्राहकहरूले एकद्वार (सिंगल विन्डो) मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई सहज र सरल बैंकिङ अनभव प्रदान यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको छ ।
    कम्प्युटराइजड बैंकबाट यात्रा सुरु गरेको बैंक स्थापनाको ३७ वर्षपछि डिजिटल बैंकको रुपमा विकास भएको छ ।
    नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ । सोही अवसरमा सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवाहरुसमेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूले केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्न सक्नेछन् । भीकेवाइसीमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ ।


    त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एप भित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एपभित्र भच्र्युअल कार्ड तरन्तै जारी हुन्छ । भर्चअल आईकार्ड (भारतीय रुपैयाँ बाहेका) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।
    कार्यक्रममा बोल्दै बैंकका सीईओ शाहले यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै भएको र आगामी दिनमा नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेललगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्