News Portal

  • सनराईज बैंकद्वारा पुर्नकर्जाका लागि ऋणीसँग आवेदन माग

    आर्थिकसंसार संवाददाता११ भदौ, २०७७
    ७३६ पटक
    ११ भदौ, २०७७

    काठमाडौं । सनराईज बैंकले पुर्नकर्जा लिन ऋणीहरुलाई आह्वान गरेको छ । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्कगर्न आग्रह गरेको छ ।
    सनराइजले असोज ७ गतेसम्म पुर्नकर्जाका लागि आवश्यक कागजातहरु उपलब्ध गराउन अनुरोध समेत गरेको छ । प्राप्त निवेदनका आधारमा ऋणीहरुलाई पुर्नकर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसंग अनुरोध गरिने सनराइजले एक सूचना जारी गरी जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्