News Portal

  • लक्ष्मी बैंकको दुई नयाँ शाखाका साथै एक एक्स्टेन्सन काउण्टर विस्तार

    आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७८
    ८६७ पटक
    २२ मंसिर, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।
    उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा रहेका छन् । साथै, लक्ष्मी बैंकले आफ्नो ९औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा स्थापना गरेको छ ।
    यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ ।
    सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्