काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
देश विकाशिल राष्ट्रको सूचीमा गइसकेपछि पनि सवारी साधनको खरिदमा ५० प्रतिशतको सीमा तोक्नु देशका लागि नै दुर्भाग्य भएको उनको भनाई छ । उनले यो व्यवस्थाको पुनरावलोकनमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताएका हुन् ।
‘नेपाल राष्ट्र बैंकले सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको छ, यस्तो बन्दीको अवस्थामा यो व्यवस्था कति न्यायोचित छ ? यसबारे पुनरावलोकन गर्ने समय आइसकेको छ, यसबारे राष्ट्र बैंकले सोच्नु पर्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले ४ वर्ष पहिले सवारी साधनको आयात बढेको कारण नेपालको वित्तीय क्षेत्रमा तरलताको स्थिति आएको भन्दै सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको थियो । अटो लोन एउटा बैंकले दिने र अर्काे बैंकमा जम्मा हुने प्रकृतिको लोन भएको र एउटा ग्राहकको लागि सानो सानो रकम प्रवाह हुने भएकोले नै यसबाट तरलतामा नकारात्मक प्रभाव नपर्ने उनको भनाई समेत रहेको छ ।
यस्तै, उनले उपत्यकाको सडक जाम हुनुमा सडक विस्तार हुन नसक्नु, विस्तार भएको सडकले पूर्णता नपाउनु, ट्राफिक लाइटको उपयुक्त व्यवस्था नहुनु, ट्राफिकको संख्या कम हुनु, फ्लाई ओभरको कमी हुनु, जनचेतनाको कमी हुनु र करिडोरको सडकले पूर्णता नपाउनु आदि मुख्य कारक तत्वहरु रहेको पनि बताएका छन् ।
राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्नुपर्छः अध्यक्ष दुलाल
आर्थीकसंसार संवाददाता२२ मंसिर, २०७८
२२ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- १८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन