News Portal

  • कान्तिपुर मिडिया ग्रुपले एपेक्सका विद्यार्थीलाई इन्टर्नसिपमा अवसर दिने

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
    ९७५ पटक
    २१ मंसिर, २०७८

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने गरी सम्झौता गरेको हो ।
    सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका एजीएम महेश स्वार र एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्माले हस्ताक्षर गरेका हुन् ।
    त्यस्तै, एपेक्स कलेजका प्राध्यापक एवं विद्यार्थीहरुले गरेका शोध तथा अनुसन्धानलाई कान्तिपुर पब्लिकेसनमार्फत प्रकाशन तथा अभिलेखिकरण गरिने जनाइएको छ । सम्झौतापछि दुई संस्थाले विभिन्न क्षेत्रमा अध्ययन तथा अनुसन्धानका काम संयुक्त रुपमा गर्न सक्ने जनाइएको छ । ‘दुई संस्थाबीच भएको समझदारीले दुवै संस्थाको स्रोत साधनको प्रयोगबाट बदलिँदो समयअनुसार एक बृहत प्लेटफर्म सिर्जना गर्न सहयोग गर्नेछ ।
    एपेक्स कलेजअन्तर्गतको एपेक्स मिडिया क्लबमार्फत विद्यार्थीहरुले टेलिभिजन र रेडियोका माध्यमबाट आफ्ना क्षमता प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्