News Portal

  • आइएमई जनरलद्वारा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
    १२९३ पटक
    २१ मंसिर, २०७८

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरुमध्ये धनुषा र महोत्तरी जिल्लाका सहभागीहरुलाई एकै स्थानमा समावेश गरी मङ्सिर १६ देखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको हो ।
    उक्त तालिममा १० जना क्षति मूल्याङ्कनकर्ताहरुको सहभागिता रहेको थियो । क्षति मूल्याङ्कनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी दाबी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिईएको छ ।

    प्रतिकृया दिनुहोस्