News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सांग्रिला रेमिट सञ्चालनमा ल्यायो

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
    ८०४ पटक
    २१ मंसिर, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले, देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन् ।
    बैंकले सञ्चालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषणको लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिङ प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिनेसम्बन्धी अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवासमेत छिट्टै सञ्चालनमा ल्याइने छ ।
    सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई हालसम्म सफलताका सोह्रौं वर्ष पार गरिसकेको छ ।
    सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा, ३१ एटिएममार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्