News Portal

  • नेपाल बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
    ९३३ पटक
    २१ मंसिर, २०७८

    काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ । यससँगै मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३७८.६८ रुपैयाँलाई आधार मानेर हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४३१.७० रुपैयाँमा भएको थियो ।
    बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कूल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनसपश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्