काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत सुश्री मस्तकला नेपाली बि.क. विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
दशैं, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु २०,०००/– पनि जितिसकेका छन् ।
नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब–एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।
वेस्टर्न युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले भन्नुभयो, “यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।”
वेस्टर्न युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा
मस्तकला नेपाली बिकले जितिन् नगद रु. ५ लाख
आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७८
२१ मंसिर, २०७८- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट