काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षीय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भन्नुभयो, “कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोस्रो वार्षीय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”
नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले भन्नुभयो, “नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ । गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई वहाँँले कडा परिश्रमको साथ अगाडि बढाइ रहनुभएको छ । यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।”
नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी१ टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।
“नेपाल आइडल सिजन–४”को मुख्य प्रायोजक– कोका–कोला
आर्थीकसंसार संवाददाता२० मंसिर, २०७८
२० मंसिर, २०७८- महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना
- नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम
- महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग
- प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न
- बैंकिङ कसुरमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना छुटे हाजिर जमानीमा
- नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने
- ग्लोबल आइएमईले सातवटै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम, चार हजार बढीको सहभागिता
- ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त
- नेप्सेमा सिटिजन लाइफको बोनश शेयर सुचिकृत
- शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज