News Portal

  • युनियन लाईफका डेपुटी सिईओ सुवेदीको औपचारिक विदाई

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७७
    ९८० पटक
    ११ भदौ, २०७७

    काडमाडौं । युनियन लाईफबाट राजिनामा दिएका डेपुटी सिईओ कोषराज सुवेदीको राजिनामा स्वीकृत भएको छ । बुधबार उनको औपचारिक विदाई गरिएको छ । छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै युनियन लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ बनेका सुवेदीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले जनाएका छन् ।
    कम्पनीका अनुसार उनले आगामी दिनमा व्यापार व्यवसायमा अघि बढ्ने उद्देश्य लिएर युनियन लाईफबाट बिदा लिएका हुन् । युनियन लाईफका सिईओ मनोज कुमारलाल कर्णले व्यक्ति व्यापार व्यवसाय गर्ने उद्देश्यले डेपुटी सिईओ सुवेदीले पदबाट राजिनामा दिएको बताए ।
    यद्यपि सुवेदी सानिमा लाईफ इन्स्योरेन्समा सिईओ बन्न जान लागेको चर्चा पनि बजारमा छ । सानिमा लाईफले हाल खुल्ला प्रतिस्पर्धाबाट सिईओ छनोट गर्ने प्रक्रियामा रहेकोले सुवेदी नै सानिमा लाईफको सिईओ बन्छन् वा अन्य कोही भन्ने कुरा सानिमा लाईफको सञ्चालक समितिले निर्णय गर्न बाँकी छ ।

    प्रतिकृया दिनुहोस्